गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

बैशाख १९, काठमाडौं । मन्त्रिपरिषद्ले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पौडेललाई र सुदूरपश्चिम प्रदेश प्रमुखमा यादवलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णयसँगै पौडेल र यादवलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । पौडेल र यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । पौडेल एमाले नेतृ हुन् भने यादव पूर्व उपसभामुख हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि माओवादी केन्द्रबाट प्रदेश प्रमुख भएका प्रदेश २ का तिलक परियारलाई पनि हटाएको थियो । उनको ठाउँमा राजेश झा ९अहिराज०लाई नियुक्त गरिएको थियो । (कान्तिपुर)

Translate »