कर्णाली सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख दिने घोषणा ग¥यो

स्काई न्यूज / बैशाख २०, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो । मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकका निर्णयलाई आज (आइतबार) प्रेस विज्ञप्ती मार्फत जानकारी दिँदै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता विमला केसीले प्रदेश भित्रका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको बताए । ‘विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ,’ उनले भने, ‘उक्त रकमबाट कोभिड–१९ सँग सम्बन्धीत समस्याहरु समाधानका लागि खर्च गरिनेछ ।’ उनले अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न प्रदेशका सबै जिल्लाका अस्पताललाई एक÷एक करोड रकम दिने निर्णय समेत मन्त्रीपरिषद्को बैठकबाट गरेको जानकारी दिए । उनका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुमपश्चिमलाई एक÷एक करोड तथा मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०/५० लाख दिने निर्णय भएको छ ।

 

Translate »