हालसम्मकै उच्च संख्यामा संक्रमण, चिकित्सकको सल्लाहविना औषधि नलिन आग्रह

७ हजार २ सय ११ जनामा कोरोना संक्रमण

 

बैशाख १९,काठमाडौं ।
आज एकै दिन देशभर ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार १ सय ४७ वटा नमूनाको पिसिआर परिक्षण गर्दा ७ हजार १ सय ३७ जना र ६ सय २३ एन्टीजेन परीक्षणबाट ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ गरी काठमाडौ उपत्यकामा ३ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा दैनिक हुने संक्रमितमध्ये आज हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कूल नमूनाको परिक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुने संख्या समेत उच्च रहेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । हाल देशभर ४८ हजार ७ सय ११ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ सय ७७ जना आइसीयु र १ सय ३१ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । आज कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ । आज १ हजार ६ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ८४ दशमलव ५ प्रतिशत रहेको छ ।
चिकित्सकको सल्लाहविना औषधि नलिन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसीरहेका कोरोना संक्रमितलाई चिकित्सको सल्लाहमा मात्र औषधि तथा उपचारका विधि अपनाउन आग्ह गरेको छ । मन्त्रालयको आजको प्रेस व्रिफिङमा प्रवक्ता प्रा। डा जागेश्वर गौतमले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुले संक्रमण निको भएका व्यक्तिसँगको सल्लाह तथा आफूखुसी औषधी सेवन गर्ने गरेको पाइएकाले चिकित्सको सल्लाहबिना कूनैपनि औषधि नलिन आग्रह गरे ।( रेडियो नेपाल )

 

Translate »