कोभिडका कारण विश्वका महिलाले एक वर्षमा गुमाए ८ खर्ब डलर बराबरको आय

वैशाख १९, वासिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण विश्वभर महिलाहरुले खर्बौ डलर गुमाएका छन् ।महामारी बीच उनीहरुले हेरचाहगर्दै काम पनि भ्याउनु पर्ने अवस्था बीच जागिर गुमाएका छन् भने भएको रकम पनि खर्च गर्नु परेको छ । सन् २०२० मामात्रै महिलाहरुले विश्वभर ६ करोड ४० लाख जागिर गुमाएको अक्सफाम इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ । यो महिलाहरुसँग भएको कुल रोजगारीको करीब ५ प्रतिशत भएको बताइएको छ । सोही अवधिमा ३ दशमलव ९ प्रतिशत पुरुषहरुले मात्रै महामारीका कारण जागिर गुमाएका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वभरका महिलाहरुले कम्तिमा पनि ८ खर्ब डलर गुमाएका छन् । यो ९८ ओटा देशहरुको एकमुष्ठ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि धेरै भएको अक्सफामले बताएको छ । कोभिडको महामारीका कारण उत्पन्न आर्थिक कमीको महिलाहरुमा कठोर प्रभाव परेको एक विज्ञप्तिमा अक्सफाम इन्टरनेशनलकी कार्यकारी निर्देशक ग्याब्रिला बुचेरले भनिन् । यसमा अनौपचारिक अर्थतन्त्रमा काम  गर्ने करोडौं महिलाहरुलाई समावेश नगरिएको बताइएको छ । महामारीका कारण यी क्षेत्रमा काम गर्नेको काम गर्ने समय र आय दुबैमा नाटकीय कमी आएको छ । काम छोड्ने महिलाको संख्या पनि उच्च रहेको छ । (एजेन्सी )

Translate »