बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

बैशाख १०,नेपालगन्ज ।
बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला, बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे ३ का ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ भने बाहिरी जिल्लाका ९९ जनाको मृत्यु भएको छ ।

Translate »