कल्पना खड्काको ‘प्रदिप्त मन’

कल्पना खड्का
‘प्रदिप्त मन’
ए  !
नजिक भएर पनि मनले टाढा हुनेहरु …
ढल्दै गरेको साँझले रङ बदले झै
बद्लिने स्वभावका मान्छेहरु… ।
भयो टाढा नै बस्नु म बाट…
न झुटले जित्नु छ मलाई
न धनले किन्नु छ …
बद्लिएका त्यस्ता मनहरू… ।
बस् मलाई …
निर्मल मन अनि कञ्चन दृष्टि
पवित्र हृदय लिएर बाँच्नु छ…
आफ्नै मन भित्रै मरेर हैन
जीवन बाँचेर बल्ल
एक दिन मर्नु छ ।।
ए !
नजिक भएर पनि मनले टाढा हुनेहरु …
टाढा नै बस्नु म बाट……।।
कवियित्री कल्पना खड्का हाल काठमाडौंमा सरकारी जागिरे हुन्नुहुन्छ ।
Translate »