कर्णालीका नवनियुक्त ३ मन्त्रीद्वारा सपथग्रहण


स्काई न्यूज /बैशाख ५, सुर्खेत ।
कर्णाली प्रदेशका तीन जना नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको सपथग्रहण लिनु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रीमण्डलमा शनिबार हेरफेर भएपछि कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका वीच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई सपथग्रहण गराउनु भएको हो । समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्तिथि रहेको थियो थियो । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई मतदान गरेका एमाले माधव नेपाल समूहका तीन जना सांसद मन्त्री बन्नु भएको हो । नवनियुक्त तीनै जना मन्त्रीलाई नेकपा एमाले कर्णाली प्रदेश कमिटीले यसअघि नै साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिसकेको छ ।

Translate »