कोरोना महामारीको दोस्रो लहर

: भारु १० हजारसम्म जरिवाना गर्ने चेतावनी

वैशाख ३, नयाँदिल्ली । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि भारतमा कडा खाले नीति अवलम्बन गर्न शुरु गरिएको छ । त्यहाँको महाराष्ट्र, दिल्ली, छत्तीसगढ़ तथा उत्तर प्रदेशका सरकारले कोरोना महामारी तिव्र गतिमा फैलिएपछि सार्वजनिक विद्यालयहरु अनिश्चितकालसम्मका लागि बन्द गर्न आदेश दिएका छन् ।  त्यहाँको  विभिन्न शहरहरुमा निषेधाज्ञा लागू गरिएको छ । विगत २४ घण्टामा भारतमा १ हजार १०० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  त्यसो त उत्तर प्रदेश सरकारले कोरोना महामारीलाई ध्यानमा राख्दै आइतवारदेखि लकडाउन गर्ने घोषणा गरेको छ । त्यहाँका अधिकारीहरुले कुनै व्यक्ति मास्क नलगाएको फेला परेमा १ हजार भारु जरिवाना गर्ने पनि बताएका छन् । साथै उनीहरुले जरिवाना पछि पनि मास्क नलगाएको फेला परेमा १० हजारसम्म भारु जरिवाना गरिने भन्दै शहरका विभिन्न भागमा सार्वजनिक रुपमा चेतावनी दिएका छन् ।

कोरोना सङ्क्रमणबाट बिहीवार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक १ लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधवार र बिहीवार २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् । विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ । भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागीतामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ ।  राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साता लामो निषेधाज्ञा शुक्रवार रातिबाट शुरु भएको छ ।  एजेन्सीहरु

Translate »