यौन सम्पर्क गर्न नदिएपछि श्रीमतीको हत्या

चैत २७, बुटवल ।
यौनसम्पर्क गर्न नदिएपछि श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका–३, हर्नैयाकी ५५ वर्षीया कुस्मा बानियाँको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो । गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका उनकै श्रीमान गनपतले यौन विषयमा विवाद हुँदा हत्या गरेको प्रहरीले बताएको छ । श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई पक्राउ गरेर अनुसन्धन जारी राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक सत्यनारायण थापाले बताए । उनले कुस्मा बिहीबार बिहान सवा तीन बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी जनाए । उनका अनुसार घटना थाहा पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरीले उनकै श्रीमान ६६ बर्षिय गनपत बानियालाई पक्राउ गरेको हो । घरको कोठाभित्र खाटमा मृत भेटिएकी कुस्माको घाँटीमा दाग भेटिएपछी हत्या आशंकामा गनपतलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनका अनुसार पक्राउ परेका गनपतमालाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ ।

Translate »