शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

चैत २७,काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउन सिफारिस गरेको छ। कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको मन्त्रालयले जनाएको छ। कोरोनाको दोस्रो लहरको महामारी आएको र यो थप फैलन सक्ने संभावना रहेकाले सावधानी अपनाउन मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो।

विद्यालयलगायत अन्य भीडभाड हुने क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेसलगायत बन्द गर्न मन्त्रालयले सिफारिस गरेको र यसबारेमा सीसीएमसीमा छलफल भएर टुंगो लाग्‍ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।(अन्नपूर्ण पोष्ट)

 

Translate »