जनहितकारीमा निःशुल्क स्वास्थ्य शिविर

१ हजार ५० जना शेयर सदस्य लाभान्वित


स्काई न्यूज /चैत २१, सुर्खेत ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त ज्वाला पोलिक्लिनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा पूर्वमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल र संस्थाका अध्यक्ष हरीहरनाथ योगीसहित १ हजार ५० जना शेयर सदस्यहरुले स्वास्थ्य चेकजांच गएका छन् । शिविरमा सर्जरी सेवा, फिजिसियन, हाडजोर्नी नसा तथा वाथ रोग, नाक कान घांटी, तथा रेडियोलोजिष्ट सम्वन्धी सेवाहरु प्रदान गरिएको थियो । वरिष्ट सर्जन सोजन सापकोटा, पदम गिरी, प्रदिप न्यौपानेलगायका स्वास्थ्यकर्मीले शिविरमा औषधी तथा डाक्टरी परामर्श सेवा उपलब्ध गराएका थिए । यसअघि शिविरको उद्घाटन पूर्वमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य कंडेल, संस्थाका अध्यक्ष योगी गरेको संस्थाका प्रबन्धक हिमलाल गौतमले बताए । उनले जनहितकारी सहकारीका शेयर सदस्यलाई ज्वाला पोलिक्लिनिकमाबाट दैनिक ओपीडीमा ३० प्रतिशत, ल्याव टेष्टमा २० प्रतिशत र औषधिमा १० प्रतिशत सम्म छुट दिने व्यवस्था समेत मिलाईएको जनाए ।

Translate »