काँक्रेबिहार संरक्षिक क्षेत्रमा आगलागि

 

स्काई न्यूज /चैत २२, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर स्थित काँक्रेविहार संरक्षित क्षेत्रमा आगलागि भएको छ । आज दिउँसो करिब १ बजेदेखि शुरु भएको स्थानीयले बताएका छन् । आगलागि हुँदा काँक्रबिहार क्षेत्रमा रहेका बन्यजन्तुलाई ज्यान बचाउन सकस भएको छ । करिब चार किलोमिटर क्षेत्रफलमा आगलागि भईसकेको स्थानीयले जानकारी दिएका छन् ।

नेपाली सेना, प्रहरी, डिभिजन वन कार्यालय र त्यहाँ पुगेकाले स्थानीयबासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । जंगलमा आगलागि हुने वित्तिकै प्रशासनलाई जानकारी गराएपनि बेवास्ता गरेको नविना श्रेष्ठले बताईन् ।

 

Translate »