बिहीवार एकैदिन तोलामा ९०० ले बढ्यो सुनको मूल्य

चैत १९, काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो दुई कारोबार दिन लगातार घटेको सुनको भाउ बिहीवार एकैदिन रू. ९०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ९०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ०५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भएको थियो ।  यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. एक हजार १९५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २१० खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १५ ले बढेको हो ।

Translate »