सिम्ताका पुरुष वीरेन्द्रनगरमा मृत भेटिए

 

स्काई न्यूज / चैत १७, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोडिङ्ग स्कुलनजिक आज बिहान जिल्लाकै सिम्ता गाउँपालिका–९, का ३९ वर्षीय रामबहादुर रानाक्षेत्री मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप्रका डीएसपी रामप्रसाद घर्तीले मृतकको शरीरमा कुनै चोटपटक नभएकाले पोष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने बताए । उनका अनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पु¥याएको छ ।

Translate »