आज १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

७० जना निको

चैत १३,काठमाडौँ ।
आज देशभर १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ४ सय १६ जनाको पिसिआर नमुना परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ । यस्तै आज ७० जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ३ सय ४२ पुगेको छ । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ९८ दशमलव ४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

Translate »