साहित्य समाज पुरस्कार मोहपथलाई

 


स्काई न्यूज /चैत ११, सुर्खेत ।
कर्णाली साहित्य समाज सुर्खेतले ललित विष्टको कथाकृति मोहपथलाई सम्मान गरेको छ । समाजले बुधबार वीरेन्द्रनगरमा विशेष समारोहको आयोजना गरि विष्टलाई ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको हो । समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली भाषा, साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजले कर्णाली साहित्य समाज साधना सम्मान गरेको छ । त्यस्तै नेपाली लोक साहित्य, लोकगीत र बाद्यवादनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लोकसाधक प्रेमदेव गिरीलाई नगद २५ हजार रुपैयाँसहित कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने बताएका छन् । कर्णाली साहित्य समाज सुर्खेतद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न कर्णाली मुलकको ऐना भएकाले उत्थानका लागि नागरिकस्तरबाट गरिएका प्रयास सराहनीय भएको जनाए । कार्यक्रमा संस्थाका संस्थापक संरक्षक वरिष्ठ कथाकार महेशविक्रम शाहले कर्णालीलाई चिनाउन सरकारको मुख ताक्ने परम्परालाई तोड्दै समाजले कला, साहित्यको विकासमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति नन्दबहादुर सिंहले भाषा साहित्यका क्षेत्रमा अध्ययन, अनुसन्धान र खोजका लागि विश्वविद्यालयले योजनाबद्ध तरिकाले अघि बढ्ने जिकिर गरे । उनले नेपाली भाषाको उद्गमस्थल जुम्लासँगै साहित्य तथा नेपाली सभ्यताको विकासलाई प्राथमिकता दिइने बताए ।

Translate »