नेपालगन्ज नाकामा आजदेखि कोरोना परिक्षण

चैत ११,नेपालगन्ज।
भारतमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएपछि बाँकेको नेपाल भारत सीमा नाका जमुनाहामा उच्च सतर्कता अपनाइएको छ । नाकामा ल्याबसहितको हेल्थ डेस्क स्थापना गरिएको छ । जमुनाहा नाकामा आजदेखि भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य जाँच सुरु गरिएको छ । नेपाल प्रवेश गर्नेहरुमा ज्वरो देखिएमा कोरोना भए नभएको पत्ता लगाउन तत्काल एन्टिजेन परिक्षण गर्न थालिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । चन्दले एन्टिजेन परिक्षणबाट कोरोना भाइरस भए नभएको १५ मिनेटमै थाहा हुने बताए । भारतमा कोरोना संक्रमण बढेपछि अहिले नेपालगन्जको जमुनाहा नाका भएर दैनिक एक हजार बढी नेपाली स्वदेश फर्किरहेका छन् ।

 

Translate »