मैत्रीपूर्ण भलिवलमा पत्रकार टोली विजयी


स्काई न्यूज /चैत १०, सुर्खेत ।
बीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा पत्रकार टोली विजयी भएको छ । पत्रकार र चुलीयुवा क्लबबीचको भएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा मंगलबार पत्रकारको टोलीले दुई शून्यको सोझो सेटमा जीत हात पारेको हो । चुलियुवा क्लबको आयोजना र खेलकुद पत्रकार मञ्चको समन्वयमा भएको खेलमा पत्रकारको टोलीले जीत हात पारेपछि छ । प्रदेशस्तरीय भलिवल प्रतियोगिताको पूर्व सन्ध्यामा पत्रकार र आयोजकबीच मैत्रीपूर्ण खेल संञ्चालन गरिएको थियो । पहिलो सेटमा २५­१६ को अन्तरमा हराएको पत्रकारको टोलीले दोस्रो सेटमा २५­२१ को अन्तरले विपक्षी टीमलाई पाखा लगाएको हो । दोस्रो सेटमा शुरुवाती अग्रता लिएको चुलिले आफुलाई सम्हाल्न नस्कादा नतिजा सुम्पन पुगेको थियो । ९­३ को अग्रता बनाएको चुलिले सेटर र डिफेन्डरको तालमेल मिल्न नस्कदा आफु अनुकुलको नतिजा हात पार्न सकेन । खेल सञ्चालनको लागि सुर्खेत संञ्चार सेन्टरका हर्षविक्रम खड्का र होटल अशोकाका चिन्तामणी शर्माले आर्थिक सहयोग गरेका थिए । यसैबीच बुधबारदेखि कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेताले २ लाख हात पार्दा उपबिजेताले १ लाख ५० हजार पाउने आयोजकले बताएका छन् । प्रतियोगितामा तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउदाँ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ आयोजकको भनाइ छ ।

Translate »