वीरेन्द्रनगरमा मनोनामी भाडा बढाउँछन् ‘घरधनी’

बहाल कर पनि तिर्दैनन्


पार्वती बयक/ शान्ति सुनार, चैत १०, सुर्खेत ।
वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका घरको सटर तथा कोठा भाडा मनपरी तोकिने गरिएको छ । भाडादरको निर्धारण र नियमन गर्ने निकायको निगरानी नहु“दा घरधनीले मनोमानी रुपमा सटर तथा कोठाको भाडा तोक्ने गरेका छन् । निग्रानी गर्ने निकाय सिथिल हु“दा घरेबेटीले मनोमानी भाडा तोकिदिएपछि भाडामा बस्नेहरु मर्कामा परेका छन् । वीरेन्द्रनगरको व्यापारीक क्षेत्र मानिएको बुद्धपथ, नया“ सडक, हटियालाइन् गणेश चौक, जुम्ला रोड, लल्लो बजार लगायतका स्थानमा रहेका व्यवसायिक प्रयोजनका सटरका लागि निम्नतम ६ हजारदेखि ३५ हजारसम्म भाडा तोक्ने गरिएको छ । व्यवसायीस“ग चर्को भाडा असुल्ने घरधनीले नगरपालिकालाई तिर्नु पर्ने बहाल कर समेत छल्ने गरेको भेटिएको छ । नगरपालिकाले सम्झौता पत्रमा उल्लेख गरे अनुरुप बाहाल कर लिने गरेकोले घर मालिकले कर छल्न सम्झौता पत्रमा भाडाको रकम पुरै नखुलाउने गरेको बुझिएको छ । नगर क्षेत्रमा व्यापारीक प्रयोजनका घर भाडामा दिएका धेरैजसो घरमालिकले त अहिलेसम्म कर तिर्न नै नआएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा कर बुझाउन आउने पनि धेरै रकम खुलाए धेरै कर तिर्नु पर्ने भएकोले सम्झौता पत्रमा आफूले लिने भाडाको न्यूनतम रकम उल्लेखगरी आउने गरेको पाईएको छ । मासिक तथा वार्षिकरुपमा बजारमा महंगी बढेको भन्दै बिना सुबिधा एकोहोरो रुपमा घरधनीले भाडा दर बढाइरहेकोले आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । नगरपालिकाले बार्षिक कर दायरा केही फराकिलो बनाएपनि नगरपालिकालाई तिर्नु पर्ने १० प्रतिशत बहाल कर छलि गर्नेलाई निग्रानीमा राख्न सकेको छैन् । वीनपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले वीनपा क्षेत्रमा घरभाडा निर्धारण गर्नका छिट्टै सबै वडाहरुमा लागु छफलफ गरि कडाईले घरबहाल कर लागु गरिने बताए । उनले घरभाडा लगाउने मूल्य एउटा र कर तिर्ने अर्कै फरक देखाउनेलाई कानूनी दायरा भित्र ल्याउन नपाले विशेष योजनासहित अघि बढ्न लागेको जानकारी दिए । हाल केही संस्था र सरकारी कार्यालयहरुले मात्रै नगरपालिकालाई नियमित बहाल कर बुझाउँदै आएको पाईएको छ । नगर क्षेत्रमा कसले, कसलाई कतिमा घरभाडा दिएको छ भन्ने थाहा नहुने भएकोले यसलाई बहाल कर छली रोक्न समस्या भईरहेको छ । ‘आन्तरिक राजस्व विभाग र नगरपालिका दुबैतिरबाट कर उठाउने भएकोले अझै समस्या थपिएको छ,’ वीनपाका एक कर्मचारीले भने, ‘आन्तरिक राजस्व विभागमा त कर छलेका छन् । दुवै तिरबाट कर उठाउने भएकोले अझै समस्या भयो ।’ नगर भित्रका घर तथा व्यवसायमाथि करको लागि कडाई गरेपछि नगरपालिकाको काम, कर्तव्यमा प्रश्न गर्ने गरेको र नगरपालिकाले नगरवासीलाई सेबा सुबिधा प्रदान गर्न नसकेकाले पनि कर असुली प्रभावकारी नभएको घरमालिकहरु बताउँछन् । नगरपालिकाको कमजोरी र घरधनीको मनोमानीले गर्दा उच्च शिक्षाका लागि वर्षेनी शहर आउने ठूलो संख्याका विद्यार्थी जमातलाई प्रत्यक्ष प्रभावित पार्ने गरेको छ । नगरमा एउटा कोठाको २ हजार देखि पाँच हजारसम्म भाडा तोकिएको छ । घरबेटीको हेपाहा प्रवृति र भाडामा बस्नेले भाडा तिरेको भन्दै घरप्रति गैरजिम्मेवार बनिदिनाले भाडामा बस्ने र घरबेटीको प्रायः झगडा भइरहने घटनाहरु समेत वेलावेलामा आउने गरेका छन् । यता सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले सुर्खेतको वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै अचाक्ली घरभाडामा बृद्धि भएको बताए । उनले घरभाडा निर्धारणका लागि सम्बन्धि पक्षलाई आग्रह गरेपनि सुनुवाई नभएको जनाए । उनका अनुसार घरभेटीको आफुखुशी भाडा निर्धारणले व्यवसायीहरु प्रत्यक्ष प्रभावित भईरहेका छन् । शहरमा बढ्दो जनसंख्या र त्यही अनुसार घर निर्माण नहुनुले जनसंख्याको चाप धान्न नसकेकाले कोठा अभाव हु“दा पनि घरबेटीको मनोमानी चलेको हो । यता वीरेन्द्रनगर नगरपालिकाले पछिल्लो ८ महिनामा उल्लेख्य बहाल कर असुल गरेको छ । नपाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक करोड ५६ हजार ७ सय ७२ रुपैयाँ बहाल कर असुली गरेको राजश्व शाखाका खगिसरा घिमिरेले बताईन् । उनले प्रदेश राजधानी भएसँगै वीनपाको क्षेत्र बढ्नुका साथै नयाँ करदाता थपिएकाले बहाल करमा बृद्धि भएको बताईन् । उनका अनुसार गत आव २०७६/०७७ को सोही अवधि फागुन मसान्तसम्म ७७ लाख ६२ हजार ३ सय ६३ रुपैयाँ असुल भएको थियो । उक्त आवमा कुल १ करोड ४३ लाख ६१ हजार ६ सय ५८ रुपैयाँ बहाल कर उठेको उनले जानकारी दिईन् ।

Translate »