जाजरकोटमा अफिम खेती नष्ट

चैत १०,जाजरकोट।
जाजरकोट प्रहरीले जिल्लाको नलगाड नगरपालिका ६, गर्छिना गाउँमा लगाइएको अबैध लागु औषध अफिम खेतीको नष्ट गरेको छ । दल्लीबाट गएको प्रहरीले २० रोपनी पाखोबारीमा लगाएको अफिम खेतीको नष्ट गरेको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले बधेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाइएको छ, उनले भने । लागु औषध कारोबारीले १ किलो अफिमको बारीमै ७० हजार एक लाख मुल्य दिने गरेका छन । स्थानीय बासिन्दासग लागुऔषध उत्पादन, विक्री वितरण, सेवनको असर र कानुनी ब्यबस्था सम्बन्धि जन चेतना मुलक छलफल कार्यक्रम समेत संचालन गर्न थालेको प्रनाउ थापाको भनाइ छ ।
दुर्गम गाउँमा खेती
दुर्गम स्थानमा यसको अबैध खेती फष्टाएको हो । थोरै लगानीमा धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेतीबाली लगाउन छाडेर यो खेती गर्ने गरेको पाइएको छ । १ रोपनी पाखोमा लगाएको खेतीबाट १ देखि २ किलोसम्म अफिम उत्पादन हुने गरेको छ ।दुर्गम गाउँमा अफिम खेती गर्ने गरेको विशेष सुचनाका आधारमा प्रहरीले उक्त खेती नष्ट गरेको थापाले बताए । असोजमा यसको खेती हुने र बैशाख जेठमा निकाल्ने गरीएको छ । अफिमबाट १ लाख देखि ५ लाखसम्म आम्दानी हुने भएपछि खेती लगाउने बढेका हुन । नलगाड नगरपालिका २ को नहकुली लेक र द्धावारेको लेक तथा गाउँमा यसको खेती मौलाएको छ । त्यसैगरी १३ को सिउन, रुप, खाती गुर्ता, फुम्दा, १० रावत गाउँ, ध्यारगाउँ, ९ को बाँसकोट, ताँत्र, घरंगा, ८ को मुकसेरी लगाएतका क्षेत्रमा खेती व्यवसायीक खेती हुने गरेको प्रहरीले जनाएको छ । गतबर्ष प्रहरीले नलगाड नगरपालिकाको विभिन्न क्षेत्रमा लगाएको अफिम खेतीको नष्ट गरेको थियो । यो बर्ष पनि ती स्थानमा अफिम खेती गरीएको छ । विकट क्षेत्र भएकोले नियन्त्रण गर्न चुनौती रहेको प्रहरीले जनाएको छ ।

Translate »