शुल्क बृद्धिको विरोधमा सेडाका विद्यार्थी आन्दोलित


स्काई न्यूज /चैत ९, सुर्खेत ।
शुल्क बृद्धिको विरोध गर्दे सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी (सेडा) सुर्खेतका विद्यार्थी आन्दोलित भएका छन् । सेडाले मनोमानी शुल्क बृद्धि गरेको भन्दै विद्यार्थीहरुले सोमबार दिउँसो कलेज परिसरमा टाएर बालेर विरोध प्रर्दशन गरेका हुन् । कलेज प्रशासनले विधार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को शुल्क असुली गर्दे आईरहेको विद्यार्थीको आरोप छ । विद्यार्थीका अनुसार अतिरिक्त क्रियाकलापको नाममा कलेजले प्रति विद्यार्थी वार्षिक १२ हजार देखि १५ हजार रुपैयाँसम्म अतिरिक्त उठाउँदै आएको छ ।

यसैवीच आजै विद्यार्थी र कलेज व्यवस्थापन समिति वीच भएको छलफल र वार्तापछि प्राथमिक उपचार, सेनेटरी प्याड, ल्याव, पुस्तकालय, रेष्टरुम जस्ता कार्य तत्कालै पुरा गर्ने सम्झौंता भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भण्डारीले विद्यार्थीले उठाएका सबै मागहरु उचित भएपनि कोरोना महामारीका कारणले चालु शैक्षिक सत्रमा अवरुद्ध अतिरिक्त क्रियाकलापहरु तत्कालै सञ्चालन गरिने प्रतिवद्धता जनाए ।

Translate »