होली पर्व शुरु

काठमाडौं- आजदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व प्रारम्भ भएको छ । बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो । होलीको चीर ठड्याइए पछि फागु पर्व प्रारम्भ भएको मानिन्छ। फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।

Translate »