नौ महिनामा पेट्रोलियम पदार्थको मूल्य १३ पटक बढ्यो, स्वचालित मूल्य प्रणाली अनुसार घटेन

चैत ५,काठमाडौं ।
नेपाल आयल निगमले असार २ देखि देखि चैत ३ सम्मको नौ महिनामा पेट्रोलियम पदार्थको मूल्य १३ पटक बढाएको छ । निगमले हरके १५ दिनको स्वाचालिन मूल्य प्रणालीका आधारमा भन्दै पेट्रोल र डिजेलरमट्टितलेको मूल्य हरेक पटक एक देखि पाँच रुपैयाँमम्मले १३ पटक बढाउँदा एक पटक मात्रै एक रुपैया मूल्य घटाएको छ । पटक पटक पेट्रोलियन पदार्थको मूल्य बढिरहदा पनि उपभोक्ता भने चुपचाप छन् । पछिल्लो मूल्य अनुसार ३ चैतदेखि पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ, डिजेलेको १०१ रुपैयाँ र हवाई इन्धनको मूल्य ७४ रुपैयाँ छ भने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ छ । ग्यासमा पछिल्लो पटक माघ २८ मा २५ रुपैयाँले बढाएर १४ सय कायम गरिएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने स्वाचालित मूल्य प्रणली अनुसार घट्दा घट्ने र बढ्दा बढ्ने नभएर नौ महिनादेखि हरेक १५ दिनमा बढ्ने मात्रै भएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना नेपाल सरकारको पूर्ण लगानी भएको भएको संस्थाले सधै घाटा मात्रै देखाउने तर संस्था नाफामा लगेर बोनस खान उत्प्रेरित हुँदा पनि नागरिक र जनाताप्रति पूर्ण बफादार भने हुन नसकेको बताए ।

उनले भने ‘उपभोक्तसँग उठाएको पैसाले पूर्वाधार लगानी गर्ने तर घटेको बेला नघटाउने काम गरेको देखिएको छैन् ।’ उनले भने ‘आयल निगमले स्वचालिन मूल्यलाई आफ्नो अनुकुलमा मात्रै प्रयोग गरेको देखिन्छ । यो नागरिक प्रतिको पूर्ण बेइमानी हो ।’ नेपाल आयल निगमले भने अन्तर्राष्ट्रिय बजारमा बढेरै आएकोले बढाउन बाध्य भएको बताएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको एक विज्ञप्ति अनुसार पेट्रोलियम पदार्थको मूल्य हरेक १५ दिनमा सार्वजनिक हुने स्वाचालिन प्रणाली अनुुसार कायम भएको हो । यस्तो मूल्य बढ्दा बढाउने र घट्दा घटाउने नै भएपनि पछिल्लो समय बढेर आएकोले बढिरहेको हो। निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको भएपनि आयल निगमलाई अझै पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा ५ रुपैयाँ ८० पैसा घाटा छ र ग्यासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा छ । मट्टितेलमा २० रुपैयाँ २७ पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियलाई २ रुपैयाँ ४२ पैसा र अन्तरिकमा ३२ रुपैयाँ ०५ पैसा नाफा छ । चैत ४ गते जारी गरेको विवरण अनुसार निगमलाई १५ दिनमा १ करोड २७ लाख घाटा भएको देखाएको छ । (कर्पोरिट नेपाल)

 

Translate »