कर्णालीका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको निर्णय

स्काई न्यूज /चैत ४, सुर्खेत ।
नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णयसमेत गरेको छ । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा मन्त्री छन् । आज बसेको संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्मा खड्काको सहभागिता रहेको थियो ।

Translate »