नेकपा एमालेका खनाल–नेपाल समुहको राष्ट्रिय भेला आजदेखि सुरु

चैत ४,काठमाडौँ ।
नेकपा एमालेका असन्तुष्ट खनाल–नेपाल पक्षको राष्ट्रिय भेला आजदेखि ललितपुरमा सुरु भएको छ । भोलिसम्म चल्ने भेलामा केन्द्रीय कमिटी र केन्द्रिय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, पार्टी कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय सदस्य तथा केन्द्रिय विभागका सदस्यहरू सहभागी भएको सो समूहले दाबी गरेको छ । यसअघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेला रोक्न आग्रह गर्दै नरोकिए पार्टी विधान, संविधान, राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कारबाही गर्ने बताएका थिए । फागुन २८ गते नेकपा एमालेको केन्द्रिय कमिटीको विशेष बैठकले तात्कालिन नेकपा माओबादी केन्द्रसँग आवद्ध २३ जनालाई केन्द्रिय कमिटीमा मनोनित गरेपछि एमालेमा थप विवाद चर्किएको हो ।

Translate »