ड्युटीको समयमा निजी क्लिनिकमा काम गर्ने हेटौंडा अस्पतालका दुई डाक्टर निलम्बित

चैत ३,मकवानपुर ।
हेटौंडा अस्पतालका दुइजना डाक्टरलाई सेवाबाट हटाइएको छ । अस्पतालको ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएको र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल तोकेर पठाउने दुइजना बिशेषज्ञ डाक्टरलाई सेवाबाट हटाइएको हो । अस्पतालमा करारमा कार्यरत जनरल सर्जन बिशेषज्ञ डाक्टर साजिद अन्सारी र छाला तथा यौनरोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको हो । अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने, औषधी खरिद गर्न निजी मेडिकलमा पठाउँदै आएका दुइजना डाक्टरलाई दुइपटक निलम्वन गर्दा पनि अटेर गरेपछी सेवाबाट हटाइएको अस्पताल श्रोतले बताएको छ । यसअघि अस्पताल प्रशासनले पटक पटक काममा सुधार गर्नका लागि दिएको चेतावनीको दुबैजनाले बेवास्ता गर्दै आएका थिए । दुबैजनालाई हेटौंडा अस्पताल व्यावस्थापन समितिको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । अस्पतालको अहित हुने र ड्युटी समयमा राम्रो संग काम नगर्नेहरुलाई सेवाबाट हटाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले बताए । आगामी दिनहरुमा पनि अस्पतालको अहित हुने काम गर्नेलाई सेवामा नराखिने समेत उनले बताए ।(नवयुग)

Translate »