एमालेका शीर्ष नेताहरुबीच छलफल शुरु

प्रधानमन्त्री ओली र नेता नेपाल छलफलमा सहभागी

चैत २,काठमाडौं ।
नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ। यसका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर पार्टी कार्यालय धुमबाराहीमा छन् । सर्बोच्च अदालतले नेकपाको कानूनी हैंसियत नभएको र पुरानै दुई वटा पार्टी नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि देखिएको पार्टीभित्रको अन्यौल हटाउन एमालेका नेताहरु छलफलमा जुटेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको र यसमा असन्तुष्ट पक्षको सहभागितका बारेमा विभिन्न चर्चा चलिरहेको बेलामा आजको बैठक निकै महत्वपूर्ण मानिएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको सहभागिता छ । नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला सहमतिको यो प्रयास भएको छ ।

Translate »