किसानको घर–घरमै पुगेर दूध संकलन

चैत १,रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक डेरीले किसानको घर–घरमै पुगेर दूध संकलन गर्दै आएको छ । जहारीखोला नमूना कृषि सहकारी संस्थाले वडा नं २ मा सञ्चालनमा ल्याएको दुग्ध डेरीले किसानलाई दूधको बजारीकरण सहज बनाउन घरदैलोमै पुगेर संकलन गर्न थालेको हो । दूध संकलनका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारीलाई गाडी उपलब्ध गराएको छ । सहकारी संस्थाले वडा नं १२ का संगम शर्मालाई वर्षमा निश्चित भाडा बुझाउने गरी दुग्ध डेरी र गाडी भाडामा दिएको छ । किसानको घरआँगनबाटै प्रतिलिटर ४० रुपैयाँका दरले संकलन गरी डेरीमार्फत उपभोक्तासम्म ताजा दूध पुर्‍याउने गरिएको शर्माले बताए । ‘दैनिक १५० लिटर दूध, २० लिटर दही र दूधबाट बन्ने विभिन्न परिकार बजारमा विक्री गरिरहेका छौं,’ सञ्चालक शर्माले भने, ‘दुध प्रतिलिटर ६० र दही ८० रुपैमाँ विक्री गर्ने गरेका छौं ।’ दूध संकलनका साथै हरेक महीनाको ५ गते र १३ गते किसानको घरमै पुगेर दूधको पैसा समेत बुझाउने गरिएको शर्माले बताए । घरमै पुगेर दूध संकलन हुन लागेपछि किसान उत्साहित भएका छन् । यसअघि पसल वा घरसम्म दूध पु¥याउनुपर्ने अवस्था रहेकोमा अहिले भने आप्mनै घरबाट विक्री हुन थालेपछि धेरै सजिलो भएको कृषक मिना रोकाले बताइन् ।

Translate »