अछामको विनायकमा चप्पल उद्योग स्थापना

फागुन २८,अछाम ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा चप्पल उद्योग स्थापना गरिएको छ । युवा व्यवसायीको पहलमा चप्पल उद्योग स्थापना भएको हो । नगरपालिकाको मुख्य व्यापारिक केन्द्र विनायकमा रुइन चप्पल उद्योगको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग सेवा केन्द्र अछाम शाखा प्रमुख ब्रह्माकुमारी कविताले उद्घाटन गरिन् । नगरपालिकाका रोजगार संयोजक भरतराज अधिकारी र कृषि शाखा प्रमुख महाजित विकले उद्योग सञ्चालन गरे । उद्योग स्थापनाको मुख्य उद्देश्य स्थानीय स्तरमा सुलभ ढङ्गमा वस्तु उत्पादन गर्नु र रोजगारी सिर्जना गर्नु रहेको सञ्चालक अधिकारीले बताए । उद्योगमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएको र आगामी दिनमा सोभन्दा बढी सङ्ख्यामा रोजगारी सिर्जना गर्ने सञ्चालक अधिकारीको भनाई छ । अछामका विभिन्न बजारहरूदेखि दैलेख र कालिकोटसम्म पनि सेवा क्षेत्र समेटी बजारीकरण गर्ने लक्ष्य लिइएको सञ्चालक विकले बताए । स्थानीय स्तरमा उद्योग स्थापना गरी स्थानीय साधन श्रोतको प्रयोग तथा रोजगारी सिर्जना गर्नु श्रहानीय कार्य भएको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेको भनाई छ । यसअघि जिल्लाको चौरपाटी गाउँपालिकामा पनि चप्पल उद्योग स्थापना गरिएको छ ।

Translate »