राडी पाखी बेचेरै वार्षिक ५ लाख आम्दानी

फागुन २५,जुम्ला ।
चन्दननाथ नगरपालिका २ निवासी सफल महिला उद्यमी कुन्जाङ पुटिक तामाङले लोपोन्मुख राडी पाखी बेचेरै वार्षिक ५ लाख खुद आम्दानी गर्दै आएका थिए । जुम्लाकै पहिलो तामाङ झोला तथा राडी पाखी उद्योगबाट उत्पादन तथा बिक्री गरेर जनजाति महिला तामाङले वार्षिक ५ लाख कमाउँदै आएका हुन्। २०६४ सालदेखि १० हजारबाट व्यवसायीक राडी पाखी व्यापारमा होमिएकी तामाङ अहिले वार्षिक ५ लाख कमाउने अवस्थामा पुगेपछि निकै खुसी छन् । एक वर्षमा वर्षमा कच्चा पदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी १५–२० लाखको कारोबार हुने भए पनि आफुलाई खुद आम्दानी ५ लाख हुने गरेको तामाङले बताए। सरकारी अनुदानको नाममा आव २०७५–७६ मा पशु सेवा कार्यालयबाट साँढे ३ लाख मात्रै राहत पाएकी उनले अहिले सम्म कतैबाट कुनै पनि सहयोग पाएका छैनन् । महिनामा ४० देखि ४५ हजारसम्म खुद नाफा हुने र त्यसैबाट छोराछोरीको पढाइदेखि घर खर्च चलिरहेको तामाङ उल्लेख गरे।

कोभिडपछि चीनको नाका बन्द हुँदा कच्चा पर्दा नआएपछि अहिले कुन्जाङ झोला तथा राडी पाखी उद्योगको काम रोकिएको छ । चिनिया भेडाको उनबाट बनेको कोट, गलबन्दी, टोपी, स्वेटर, झोला तथा राडी पाखी र लिउको माग बढ्दै गए पनि कच्चा पर्दा अभावले उत्पादन रोकिएको छ । नियमित ५ जना र ज्यालादारीमा १०–१२ जनालाई रोजगारी दिइएको उनले बताए । ज्यालादारीमा काम गर्ने महिलालाई कोट सिलाए बापत २ हजार र राडी पाखी बुने बापत २ हजार ५ सय दिने गरेको जानकारी उनले दिए । जिल्लामा अदालतका न्यायाधीश, नेपाली सेनाका प्रमुख, अन्य कार्यालयका प्रमुख, तथा नेताहरूबाट सामानको माग हुने गरेको छ । जुम्लाबाट काठमाडौँ लाजिम्पाट स्थित व्यापारी रवि थापाको समन्वयमा राडी, पाखी पठाउने गरिएको तामाङले जानकारी दिए । उनले आफू सफल उद्यमी बनेपछि जनजातिका महिलाहरूलाई समेत गाउँ गाउँमा गएर सीप हस्तान्तरण गरे ।

Translate »