सुर्खेतमा पनि एमाले र माओवादीले आ–आफ्नो बोर्ड झुण्डाए


स्काई न्यूज /फागुन २५, सुर्खेत ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि सुर्खेतको वीरेन्द्रनगरस्थित आ–आफ्नो पार्टी कार्यालयमा फरक–फरक बोर्ड झुण्डाएका छन् । जिल्ला पार्टी कार्यालय वीरेन्द्रनगरको बोर्डबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मिटाएर नेकपा (एमाले) लेखिएको हो । पूर्वमा विभक्त नेकपा एमालेका कार्यकर्ताहरु मंगलबार खुशीले गर्मजोसीका साथ नेकपा एमाले लेखेको बोर्ड राखेका हुन् । त्यस्तै माओवादीले समेत जिल्ला पार्टी कार्यालयमा पुनः नेकपा माओवादी केन्द्र लेखेको बोर्ड झुण्डाएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । सोमबार देशभरका पार्टी कार्यालयहरूमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको समेत बताईएको छ । त्यस लगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको हो ।

Translate »