प्रहरी श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर


स्काई न्यूज/ फागुन २३, सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी श्रीमती संघद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दैलेखको गुरासँ गाउपालिका–८, धरमपोखरा स्वास्थ्य चौकीमा निःशुल्क शिविर सम्पन्न गरेको हो । शिविरमा दैलेख तथा सुर्खेत आसपासका नागरिकले स्त्री रोग तथा जनरल फिजिसियन एवं दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य उपचार पाएका छन् । प्रहरी चौकी लालिकाडाँको समन्वयमा आयोजित शिविरमा स्थानीय विपन्न, असाहय तथा गरिव नागरिक प्रत्यक्ष लाभान्वित भएको आयोजकले बताएको छ । शिविर उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्त, गुराँस गाउपालिका अध्यक्ष खेमराज वली, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधबप्रसाद श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय दैलेखका .प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले विपन्न ग्रामिण नागरिकको स्वास्थ्यप्रति चाँसो र गम्भीरता देखाउँदै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर प्रहरी श्रीमती संघले उदाहरणिय कार्य गरेको बताएका थिए । शिविरबाट प्रत्यक्ष लाभ लिनेमा महिलाको उल्लेखनीय सहभागिता रहेको आयोजकले बताएका छन् । शिविरबाट प्रत्यक्ष लाभ लिनेमा महिलाको संख्या उल्लेखनीय रहेको थियो । शिविरमा महिला ४ सय २९ र पुरुष १ सय ७२ गरी ६ सय १ जनाले निःशुल्क सेवा लिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन चन्दले जानकारी दिए ।

Translate »