सुर्खेतस्थित बौद्धगुम्वाको अध्यक्षमा गुरुङ्ग


स्काई न्यूज /फागुन २३, सुर्खेत ।
बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिको अध्यक्षमा पुनः नर्बु गुरुङ्ग अध्यक्षमा चयन भएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा आईतबार सम्पन्न समितिको १६ औं वार्षिक साधारण सभाले पुनः अध्यक्षमा गुरुङ्ग सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्ष लालबहादुर गुरुङ्ग, सचिव लोकजंग रोकाया, कोषाध्यक्ष शान्ति गुरुङ्ग, सह–सचिव किशोर रोकाय तथा सदस्यमा मुक्तिबहादुर गुरुङ्ग, रक्षा रोकाय, शम्भु रोकाय, पदमबहादुर रोकाय, लोकबहादुर गुरुङ्ग, सत्यमान महतरा र निषेधजंग शाहीलाई चयन भएका छन् । साधारण सभामा नवनियुक्त पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिँदै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले गुम्बा निर्माण तथा संरक्षणमा थप लाग्न सुझाव दिए । उनले समाजमा भगवान गौतम बौद्धको महत्वपूर्ण स्थान रहेकाले बौद्धमार्गीलाई एकसुत्रमा बाँधेर प्रचार प्रसार बढाईनु पर्ने औल्याए ।

Translate »