भूमि आयोगको कार्यालय स्थापना

फागुन २२,सिमकोट।
भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरिने एकबद्धता व्यक्त गरे । आयोगका विज्ञ सदस्य बुध भण्डारीले जिल्लामा पहिलोपटक भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु खुशीको कुरा हो भने । आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले जानकारी दिए। सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया र भण्डारीलाई सदस्यमा नियुक्त गरेको छ । रासस

Translate »