निजामति कर्मचारी यूनियनद्वारा प्रजिअ रिजालको स्वागत

स्काई न्यूज /फागुन २०, सुर्खेत ।
सुर्खेतका नवनियुक्त प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई नेपाली काँग्रेस सम्बद्ध नेपाल निजामति कर्मचारी यूनियन (संघ) स्वागत गरेको छ । यूनियन जिल्ला कार्य समिति सुर्खेत र कर्णाली प्रदेश समितिले संयुक्तरुपमा विहीबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ रिजाललाई स्वागत एवं आगामी सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । स्वागत तथा शुभकामना कार्यक्रममा यूनियनका केन्द्रीय सदस्य हरि पौडेल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रिय सदस्य सुशील केसी, जिल्ला कार्य समिति अघ्यक्ष राजेश बुढा, रंगवीर रोकाय, मेघनाथ सापकोटा, अमृत प्याकुरेल, रामप्रसाद लामिछाने लगायतले स्वागत तथा शुभकामना व्यक्त गरेको यूनियनका कर्णाली प्रदेश सचिव काशीराम भट्टराईले जानकारी दिए । उनले प्रजिअ रिजालले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम गर्नका लागि सबै तह र तप्कासँग सहकार्य तथा समन्वय गरेर अगाडि बढ्ने विचार व्यक्त गरेको बताए ।

Translate »