सल्यानमा मुहान जोगाउन रिचार्ज पोखरी निर्माण

फागुन १७,सल्यान ।
पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ । पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको हो । पानीका मुहान संरक्षण र वन्यजन्तुलाई पानीको आपूर्ति गर्ने उद्देश्यले वनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए। पोखरी निर्माणबाट तल्लो भागमा रहेका पानीको मुहानको संरक्षणमा मद्दत पुग्नुका साथै जङ्गली जनावरलाई पिउने पानीको आपूर्ति समेत भइरहेको स्थानीय चन्द्रप्रकाश शर्माले बताए । पोखरी निर्माणले पोखरी आसपासमा चिस्यान कायम भई बोटबिरुवा हुर्कन मद्दत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

Translate »