कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मानन्धरको राजीनामा स्वीकृत


स्काई न्यूज/ फागुन १४, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरको राजीनामा स्वीकृत भएको छ । कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जारी गरेको परिपत्र अनुसार नेपालको संविधान धारा १६० को उपधारा (४) (क) वमोजिम विहीवार प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार मानन्धरको राजीनामा स्वीकृत गरिएको हो । मानन्धरले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मार्फत कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष पेश गरेको राजीनामा स्वीकृत भएको मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतका सूचना अधिकारी खेमराज केसीले जानकारी दिए । उनले मानन्धरको राजीनामा फागुन १ गतेदेखि लागु हुने स्वीकृत भएको जनाए । उनका अनुसार मानन्धर कर्णाली प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा नेपालको संविधान धारा १६० को उपधारा (२) वमोजिम २०७४ चैत २८ गते मुख्यन्यायाधिवक्ताको पदमा नियुक्त भएका थिए ।

Translate »