डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

डोल्पामा रुखले च्यापेर एकजना महिलाको मृत्यु भएको छ। जगदुल्ला गाउँपालिका–३, थापा गाउँकी ३९ वर्षीय बुद्धिरुपा विकको मृत्यु भएको हो। भेंडा चराउने क्रममा गोठ नजिकैको रुख ढलेर उनी घाइते भएकी थिइन्। घाइते उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी माझगाउँतर्फ लिँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक्कासी हावाहुरी लागेर रुख ढलेको थियो। (नागरिक)

Translate »