अष्ट्रेलियामा फेसबुकले लगायो समाचार सेयर गर्न प्रतिवन्ध

फागुन ६, अष्ट्रेलिया । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा न्यूज फिडमा  समाचार पढ्न र सेयर गर्न बन्द  गरेको छ। बुधवारदेखि समाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाका विभिन्न सञ्चारमाध्यमहरुलाई आफ्नो प्लेटर्फममा प्रतिबन्ध लगाउन शुरु गरिसकेको छ । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानूनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द  गरेको हो ।

अष्ट्रेलियाको प्रस्तावित कानूनमा फेसबुक र गूगलले सञ्चारमाध्यमहरुको सामग्री राखेबापत् मिडिया कम्पनीलाई  पैसा तिर्नुपर्ने व्यवस्था छ। तर बुधवार नै गुगलले भने केही सञ्चारमाध्यमहरुसँग भुक्तानी सम्झौता गरिसकेको छ ।फेसबुकले आफूले कुनै मिडियाको सामग्री नलिएको भन्दै  सञ्चारमाध्यमका प्रकाशकहरूले नै आफ्नो समाचारको पहुँच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताउँदै आएको थियो । एजेन्सीको सहयोगमा

Translate »