भिरबाट लडेर एक महिलाको मृत्यु

फागुन ६,सल्यान।
सल्यानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ कौछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा सँगै घाँस बोकेर घर फर्किने बेला बुधबार घर नजिकैको भालुखोला भन्ने भिर बाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाटोबाट झण्डै १ सय ५० मिटर तल खसेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानको पोष्टमार्टम गृहमा राखिएको प्रहरीको भनाई छ ।

Translate »