सुर्खेतमा अबैध काठसहित तीन जना पक्राउ


स्काई न्यूज /माघ २, सुर्खेत ।
सुर्खेतमा प्रहरीले अबैधरुपमा काठसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्लाकै भेरीगंगा नगरपालिका–११, साधीखोलाबाट रामघाटतर्फ आउँदै गरेको भे १ त–७४५० नम्बरको ट्याक्टरमा अबैध काठ ओसारपसार गरिरहेको विषेश सूचनाको आधारमा गएराती कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्याक्टर चालक लेकवेशी नगरपालिका–७, का २१ वर्षीय देव घर्ती, ट्याक्टरका साहु भेरीगंगा नगरपालिका–११, का ४६ वर्षीय कर्णबहादुर घर्ती र काठ मालिक सोही ठाउँका २९ वर्षीय पुष्प आचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अवैधरुपमा ल्याउँदै ५० दशमलव ५५ क्यूफिट चिरान काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतलाई बुझाएको छ । यता डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले उनीहरुलाई वन ऐन २०७६ अनुसार विगो जफतसहित जरिवाना र ६ महिना कैद वा दुबै सजाय हुने जानकारी दिए ।

Translate »