कर्णाली प्रदेश ढकाल एकता समाजको अध्यक्षमा विनोद


स्काई न्यूज /फागुन १, सुर्खेत ।
कर्णाली प्रदेश ढकाल एकता समाजको अध्यक्षमा पुनः विनोद ढकाल चयन भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको ढकाल एकता समाजको प्रथम साधारण सभाले विनोद ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कर्णाली प्रदेश स्तरीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सृजना ढकाल, सचिव ऐश्वर्यप्रसाद ढकाल, कोषाध्यक्ष डम्मरकुमार ढकाल तथा सदस्यहरुमा केशव ढकाल, टीका ढकाल, ददीराम ढकाल, ओमप्रसाद ढकाल एवं भुवानीप्रसाद ढकाल रहेका छन् । सभाले ७ सदस्यीय सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा पीताम्वर ढकाल, माधवप्रसाद ढकाल, गोवर्धन ढकाल, प्रकाश ढकाल, देवबहादुर ढकाल, गंगाबहादुर ढकाल एवं चुडामणि ढकाल रहेका छन । सभाले कर्णाली प्रदेशभर छरिएर रहेका ढकालहरुलाई एकीकृत गरि वंशावली तयार गरि प्रकासन गर्ने निर्णण गरेको छ । ढकाल एकता समाजले सबै पक्षसँग समन्वय तथा सहकार्य गर्दै समृद्ध कर्णाली प्रदेश निर्माणमा जुट्ने लक्ष्य लिएको अध्यक्ष विनोद ढकालले बताए ।

Translate »