सुर्खेतमा जुवाको खालबाटै ५ जना पक्राउ

–फाइल फोटो

स्काई न्यूज/ रमाघ ३०, सुर्खेत ।
सुर्खेत प्रहरीले जुवाको खालबाटै ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख चामुण्डा बिन्द्रासैनि–४, का ३२ वर्षिय झक्कबहादुर शाही, सुर्खेतको वीरेन्द्रनगर–७, बस्ने २६ वर्षिय खेमराज शाही, २३ वर्षिय भरत शाही, ४२ वर्षिय नरेश शाही र ४४ वर्षिय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले गएराती वीरेन्द्रनगर–८, आवास क्षेत्र स्थित बलबहादुर शाहीको घरबाट ३ गड्डी ताससँगै ४४ हजार एक सय ३५ रुपैयाँ नगदसहित उनीहरुलाई खालबाटै पक्राउ गरेको हो । हारजीत हुने गरि जुवा खेलिरहेको गोप्य सूचना पाएपछि जिप्रकाबाट प्रहरी निरीक्षक कनकबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

Translate »