एकैदिन तोलामा १ हजार ५०० ले बढ्यो सुनको भाउ

माघ २७, काठमाडौं ।
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार ५०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १ हजार ५०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९१ हजार ४०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू.८९ हजार ९५० मा कारोबार भएको थियो । यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू। एक हजार ३४० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. २५ ले बढेको हो ।

Translate »