प्रधानमन्त्री ओली सुर्खेत आउने


स्काई न्यूज /माघ २४, सुर्खेत ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनष्टि पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउने भएका छन् । पार्टीको कर्णाली प्रदेश कमिटिले आयोजना गर्ने प्रदेशीयस्तरीय जनसभालाई सम्बोधन गर्न उनी सुर्खेत आउने भएका हुन् । आगामी फागनु १५ गते सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने र उक्त सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने टुंगो लागेको नेकपा कर्णाली प्रदेश कमिटिका सह–इन्चार्ज यामलाल कँडेलले जानकारी दिए । वीरेन्द्रनगरमा शक्ति प्रदर्नशनसहितको बृहत जनसभा गर्न लागिएको नेता कँडेलले बताए । उनका अनुसार सभामा प्रदेशका दश वटै जिल्लाबाट नेता तथा कार्यकर्ताहरु सहभागि हुनेछन् । सभास्थलबारे भने केही दिनमै टुंगो लाग्ने जनाइएको छ । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली समूहले कर्णालीमा पहिलो पटक पार्टीको प्रदेशस्तरीय बृहत भेला गर्न लागेको हो । यसअघि जिल्लास्तरका अगुवा कार्यकर्ता भेला भने भएका थिए ।

Translate »