कानून निर्माणमा प्रदेशसभा अगाडि : सभामुख शाही

माघ २१,सुर्खेत ।
कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणका सन्दर्भमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा अगाडि रहेको दाबी गरेका छन् । प्रदेशसभा स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित अन्तरक्रियामा उनले कानून निर्माणसँगसँगै विधेयक जनतामाझ लैजाने अभ्यासको शुरुआत गरेको बताए । सभामुख शाहीले विधेयकको मस्यौदाबारे सरोकारवालामार्फत आमजनता माझ लैजाने प्रचलन प्रदेशसभाबाटै शुरू भएको उनको भनाइ थियो ।(रासस)

Translate »