बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु


माघ १८,नेपालगञ्ज ।
बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का ६५ बर्षीय पुरुषको गएराति भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि गएका ८६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Translate »