सुर्खेतमा कोरोना खोप लगाएका एक जनामा गम्भीर असर


स्काई न्यूज /माघ १६, सुर्खेत ।
सुर्खेतमा कोरोना खोप लगाएका एक जनामा गम्भीर असर देखिएको छ । कोरोनाविरुद्ध खोप लगाएका मध्ये १ जनामा गम्भीर असर (अवाञ्छित) देखिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बताएको छ । प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका २ सय ९८ जना मध्ये ५ जनामा असर देखिएको र ती मध्ये १ जनामा गम्भीर समस्या देखिएको निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले जानकारी दिए । ‘उनले प्रदेश अस्पतालमै उपचार गराएपछि अहिले उनको अवस्था सामान्य रहेको बताए । उनका अनुसार १४ गते लगाएको खोपपछि उनमा स्वास्थ्य समस्या आएको हो । त्यस्तै, डोल्पा जिल्लामा समेत १० जनामा दिएको खोपमा २ जनामा असर देखिएको निर्देशनालयले बताएको छ ।

Translate »