सुउवासंघद्वारा मालपोतलाई कम्प्युटर सहयोग


स्काई न्यूज /माघ १५, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले मालपोत कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन  दुई थान कम्प्युटर सहयोग गरेको छ । प्रविधि र जनशक्तिका कारण सेवा प्रवाहमा ढिलाई भईरहेको जनगुनासोपछि सुउवा संघले सामाजिक उत्तरदायित्व अन्तर्गत विहीबार दुई थान कम्प्युटर डेस्कटप सहयोग गरेको हो । कम्युटर सहयोग कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मालपोत कार्यालयको सेवा प्रभावकारी बनाउनका लागि स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य भइरहेको बताए । उनले मालपोत कार्यालयमा अत्याधिक भिडभाडका कारण नागरिकले सेवा लिनु भन्दा बढी सास्ती पाउन थालेपछि प्रशासन कार्यालयबाट टोकट प्रर्णाली लागू गरिएको जनाए । कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले मालपोतका सेवा प्रवाहलाई प्रभावकारी बनाउन निजी क्षेत्रकातर्फबाट कम्प्युटर सहयोग गरिएको बताए । संघका महासचिव लक्ष्मण कँडेलले सामाजिक उत्तरदायित्व अन्र्तगत निजी क्षेत्रले उपलब्ध गराएको कम्प्युटरमार्फत अब मालपोतको सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे । यता मालपोत कार्यालयका प्रमुख हिक्मतबहादुर शाहीले सुउवा संघले उपलब्ध गराएको कम्प्युटरबाट सेवा प्रवाहमा केही सहजता आउने विश्वास राख्दै संघलाई धन्यवाद दिए ।

Translate »