सल्यानमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु

माघ ९,सल्यान।
सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला अस्पतालमा उपचाररत शारदा नगरपालिका ३ का ९० वर्षीय वृद्धको मृत्यु भएको हो । गत पुस २७ गते सामान्य विरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । विरामी भएर अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यसअघि पनि सल्यान श्रीनगरका एक जनाको कोरोनाबाटै मृत्यु भएको थियो । यससँगै सल्यानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । सल्यानमा हालसम्म सात सय भन्दा बढी कोरोना भाइरस संक्रमित छन् । जसमध्ये २५ जना सक्रिय संक्रमित रहेको र बाँकी सबै ठिक भई सकेका छन् । सक्रिय संक्रमित मध्ये एक जनाको जिल्ला अस्पताल र बाँकी २४ जना होम आइसोलेसनमा उपचार भइरहेको फोकल पर्सन पुनले बताए ।

Translate »